Sep 04, 2010 00:24:50
उत्तर कोरिया
» Nep » Eng
July 3, 2009 -- Updated 1043 GMT (1628 NST)

परमाणु कार्यक्रमलाई लिएर विश्व समुदायको चर्को आलोचना खेप्दै आएको उत्तर कोरियाले आज फेरि मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ । ओन सान बन्दरगाहबाट सो परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । केही समय यता लगातार जस्तै मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरिया विरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदले कडा नाकाबन्दी लगाएको छ । उत्तर कोरियाले भने नाकाबन्दीको वेवास्ता गर्दै आणबिक कार्यक्रमलाइ निरन्तरता दिएको छ । उत्तरको यो कदमले कोरियाली प्रायद्वीपमा थप तनावको स्थिती सृजना भएको छ ।