अफगानिस्तान
» Nep » Eng
July 3, 2009 -- Updated 1043 GMT (1628 NST)

अमेरिकी सेनाले अफगानिस्तानको दक्षिणी हेलमन प्रान्तमा तालिवानी समुह विरुद्ध अहिलेसम्मकै ठूलो सैन्य अभियान सुरु गरेको छ । यसलाई भियतनाम युद्धपछिको सबैभन्दा ठुलो स्थल सैन्य अभियान भनिएको छ ।अभियानमा ४ हजार अमेरिकी स्थल सेना र ६५० अफगानी सेना संलग्न छन् । अफगानिस्तानमा २० अगस्टमा हुने राष्ट्रपतीय चुनावको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी सुरु गरिएको सो अभियानलाई नेटो गठबन्धन सेनाले पनि सहयोग गरेको छ । बाराक ओबामा राष्ट्रपति भएपछि अमरिकी सेनाले अफगानिस्तानमा गरेको यो पहिलो र ठुलो सैन्य अभियान हो । राष्ट्रपति ओबामाले अहिले २९ हजार अमेरिकी सेना तैनाथ अफगानिस्तानमा थप सेना पठाउने यसअघि नै बताउनु भएको थियो ।