| भारत र श्रीलंका बीचको दोस्रो टेष्ट क्रिकेट श्रीलंकाको कोलम्बोमा सुरु भएको छ । खेलमा टस जतेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले सानदार प्रदर्शन गरिरहेको छ । पहिलो दिनको समप्तिसम्म श्रीलंकाले २ विकेट गुमाएर ३ सय १२ रन बनाएको छ । पहिलो खेलमा सतक हिर्काएका थरङ्गा पारानाभिताना र कुमार सांगाकाराले यो खेलमा पनि सतक बनाएका छन् । पारानाभितानाले सांगाकारासंग दोस्रो विकेटका लागि १ सय ७४ रनको साझेदारी गर्ने क्रममा सय रन जोडे । सांगाकारा १ सय ३० रनमा अविजित छन् भने माहेला जयबर्दनेले १३ रनबाट सघाइरहेका छन् । भारतीय बलरहरु सामु हावी हुने क्रममा तिलकरत्ने दिलशानले ४२ बलमा ५२ रन बनाएर आउट भए । यो खेलबाटै भारतीय खेलाडी सुरेश रैना र श्रलंकन खेलाडी सुरज रणदिभले टेष्टमा डेब्यु गरेका छन् । पहिलो टेष्ट १० विकेटले जितेर श्रीलंकाले ३ खेलको श्रृंखलामा १/० को अग्रता लिइसकेको छ ।
|