Sep 08, 2010 12:08:09
आयल निगम
» Nep » Eng
July 7, 2010

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकार नियन्त्रित आयल निगमले आज पत्रकार सम्मेलन गरी जनाए अनुसार पेट्रोलको मूल्य प्रति लिटर ८२ रुपैयाँबाट बढाएर ८५ रुपैयाँ पुर्‍याइएको छ । डिजेल र मटि्टतेलको मूल्य प्रति लिटर ६३ रुपैयाँबाट बढाएर ६५ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ । ढुवानी खर्च कम लाग्ने भएकाले तर्राईका जिल्लाहरुमा भने प्रतिलिटर एक रुपैयाँ ५० पैसा कम लाग्ने निगमले जनाएको छ । अब निगमलाई मासिक सात करोड ३९ लाख रुपैयाँ फाइदा हुने निगमका नायब कार्यकारी निर्देशक बच्चु कुमार काफ्लेले बताउनुभयो । यो मूल्य बृद्धि पछि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ, मेटि्टतेलमा आठ रुपैयाँ फाइदा हुने छ । मुल्यबृद्धिपछि पनि डिजेलमा भने प्रतिलिटर ९६ पैसा घाटा हुने निगमले जनाएको छ । वर्तमान सरकार बने यता पेट्रोलियम पदार्थमा मुल्यबृद्धि भएको यो चौथो पटक हो ।