Sep 08, 2010 12:35:59
दोहोरो भिडन्त
» Nep » Eng
July 7, 2010

बांकेको फत्तेपुर जंगलमा अपहरणकारी र प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले मृत्यु हुने तीनै जना अपहरणकारी भएको दाबी गरेको छ । दुई जना अपहरणकारीलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । राप्ती नदीपारी अवस्थित फत्तेपुर गाविस-८ हव्रहवाबाट अपहरण गरिएका भोजभगवानपुर गाविसका पूर्णबहादुर खड्का, राजेश चमार र सिद्धि शाहीलाई मुक्त गराउने क्रममा प्रहरी र अपहरणकारीबीच भिडन्त भएको हो । प्रहरीले तीनै जनालाई सकुशल मुक्त गराएको जनाएको छ । अपहरणको जिम्मा नेपाल मार्क्सवादी गणतान्त्रिक युवा र्टाईगर नामक समूहले लिएको थियो ।