| कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास स्वरुप कांग्रेस नेताहरुले आज साना दलका नेताहरुसंग छलफल गरेका छन् । सरकारलाई र्समर्थन गरेका तर सरकारमा सहभागी नभएका साना ११ साना दलले कांग्रेससंगको छलफलमा शान्ति र संविधान निर्माणको सुनिश्चितता हुने भए काँग्रेसको नेतृत्वमा सरकार बनाउनु उचित हुने बताएका थिए । कांगे्रस उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियाको टुंगो र संविधान निर्माणलाई सुनिश्चित गर्न कांगे्रसले अन्तिम समयसम्म प्रयास गर्ने बताउनु भयो । उहाँले सहमतिको आधार भनेकै तीन बुँदे सहमतिको पहिलो बुँदाको कार्यान्वयन भएको बताउनु भयो । छलफलपछि नेपाल सद्भावना पार्टी आनन्दी देवीका नेत श्यामसुन्दर गुप्ताले बहुमतीय सरकार निर्माणका लागि कांग्रेसलाई प्रयास गर्न सुझाव दिएको बताउनु भयो ।
|