Sep 08, 2010 12:54:28
कांग्रेस बैठक
» Nep » Eng
July 7, 2010

नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठकमा नयाँ सरकारको स्वरुप र नेतृतवबारे नेताहरुबीच मत बाझिएको छ । कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाको निवासमा आज विहान बसेको बैठकमा केही पदाधिकारीले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने बताएका थिए भने केहीले सहमतिको सरकार नबन्ने हो भने कांग्रेस सरकारमा जान नहुने धारणा राखेका थिए । नेताहरुले सरकार भन्दा पनि शान्ति प्रक्रिया महत्वपूर्ण भएको भन्दै त्यसलाई निश्कर्षा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । माओवादीले यसअघि भएका सहमति पालना नगरे सम्म उसको नेतृत्वमा सरकार बन्न नसक्नेमा भने अधिकांश नेताहरुको एउटै धारणा रहेको वताइएको छ । बैठकपछि काँगेस उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियामा बाँकी रहेका काम पुरा गर्न माओवादी तयार नभए सम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने दोहोर्‍याउनुभयो ।