| सामान्यतः प्रशासन र प्रहरीले पीडितलाई न्याय दिलाउन सहयोग गर्नुपर्ने हो । तर काठमाडौंको बुढानिलकण्ठमा प्रहरीले उल्टै गुण्डाको सहयोगमा पीडितलाई दिनु दुख दिएको खुलासा भएको छ । बुढानिलकण्ठ, पासीकोटकी सलिना श्रेष्ठको भर्खरै बनाएको घर प्रहरीले गत शनिबार गुण्डा लगाएर भत्काईदिएको दाबी पीडित पक्षले गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सलिना श्रेष्ठले गत शनिबार विहान आफू बस्दै आएको घर प्रहरीको संरक्षणमा गुण्डाहरुले भत्काएदिएको र न्यायका लागि प्रहरीमा जाँदा प्रहरीले उल्टै हातपात गरी नियन्त्रणमा लिएको बताइन् । सलिनाले आप\\\\mनै कान्छा ससुरा कान्छा श्रेष्ठको वैनाबट्टा गरेको जग्गामा घर बनाएकोमा घर पूरा भईसकेपछि कान्छा श्रेष्ठले बुहारीलाई सोध्दै नसोधी घर बाबुलाल श्रेष्ठलाई बेचेका थिए । सलिनाको परिवारले घर छाडन नमानेपछि कान्छा श्रेष्ठ र बाबुलाल श्रेष्ठको समूहले उक्त घरमा वाइसीएल क्याम्प रहेको उजुरी गर्राई घरै भत्काउन लगाएको थियो । घर भत्काउन प्रत्यक्ष संलग्न रहेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमखु प्रहरी निरीक्षक भकेन्द्र खतिवडाले महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी दीपक थापाको आदेश भन्दै आफूमाथि र्राईफल सोभ\\\\mयाएको दाबी समेत सलिनाले गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित वाईसीएलको काठमाडौं क्षेत्र नंबर १० का अध्यक्ष बसन्तले भत्काइएको उक्त घरमा वाइसीएलको क्याम्प नरहेको र उजुरीकर्ता बाबुलाल श्रेष्ठले झुठा कहानी बनाएको बताए ।
|