Sep 08, 2010 12:18:06
सुनसरी-चिकित्सक विवाद
» Nep » Eng
July 27, 2010

चिकित्सकबीचको आपसी बिवादका कारण वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजोदेखि बन्द भएको नाक, कान, घाटी सेवा आज पनि संचालन हुन सकेन । अस्पताल प्रशाशनले विवाद मिलाउन पहल नगर्दा विरामीहरु मर्कामा परेका छन् । दैनिक २ सय भन्दा बढी नाक कान घाँटीका विरामी यस अस्पतालमा जाने गर्दछन् । घाटी सम्वन्धी उपचारका लागि गएकी धरानकी पुनम घिमिरेको उपचारबारे एनेस्थेसिया विभागका प्रमुख डा. वालकृण्ण भट्र्राई र इएनटी विभागकी प्रमुख डा. सगीता भण्डारीबीच विवाद भएपछि सेवा बन्द भएको हो ।