Sep 08, 2010 12:43:13
झापा-भुटानी शरणार्थी अपडेट
» Nep » Eng
July 27, 2010

नेपाल सरकारले रासन उपलब्ध नगराएको भन्दै पुर्वी नेपालको झापामा बस्दै आएका भुटानी शरणार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रमाणिकरणमा छुटेका ३१ सय ९० जना भुटानी शरणर्थीले रित्तो थाल लिएर ७ वटै शिविरमा भोक हड्ताल सुरु गरेका हुन् । कटौती भएको राहातका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि भोक हडतालमा उत्रनु परेको उनीहरुले बताएका छन् । यूएनएचसीआरले चार महिना अघि मार्च १० तारीखदेखि शरणार्थीको राहात कटौती गरेको हो । सात दिनसम्म सातै शिविरमा रिले भोक हडताल गर्ने र सुनवाई नभए यूएनएचसीआर दमकको कार्यालयमा गई भोक हडतालमा बस्ने पनि शरणार्थीले बताएका छन् । शिविरमा दर्ता नभएका सात सय ८० जना, गणनामा छुट भएका आठसय ५० जना, फोटो खिचेर पनि परिचयपत्र नपाएका आठसय ४३ जना, जेभीटी, यूएनएचसीआर र नेपाल सरकारको टोलीले छानविन गरिरहेका सातसय १७ जना गरि जम्मा तीन हजार एकसय ९० जना शरणार्थी राहातबाट बन्चित भएको हड्तालमा उत्रिएका शरणार्थीले बताएका छन् ।