Sep 08, 2010 12:14:02
ज्ञानेन्द्र शाह अपडेट
» Nep » Eng
July 27, 2010

पूर्वराजा ज्ञानेन्द्रसंग कुरा गर्न खोज्ने पत्रकारहरुलाई सुरक्षाकर्मीले आज भक्तपुरमा दुर्ब्यवहार गरेका छन् । भक्तपुरको चित्तपोल- ७ स्थित लटमेेश्वर मन्दिरको निर्माण तथा काभ्रेको सांगास्थित महेन्द्र माविलाई उच्च मावि बनाउन आयोजित महायज्ञको समापनमा सहभागी भई फर्किएका पूर्व राजासंग पत्ररकारहरुले प्रतिक्रिया लिन खोजेका थिए । ज्ञानेन्द्रले पत्रकारहरुसंग कुरा गर्न खोज्दाखोज्दै पनि उनको सुरक्षार्थ हिंडेका सुरक्षाकर्मीले पत्रकारलाई धकेल्दै दुर्ब्यवहार गरेका थिए । त्यस क्रममा सगरमाथा र एभिन्यूज टेलिभिजनको क्यामेरामा क्षति पुगेका छ भने कान्तिपुर दैनिकका संवाददाताको क्यामेरामा पनि क्षति पुगेको छ । घटनामा कोही पनि घाइते भने भएका छैनन् । घटनापछि पत्रकारहरुले सुरक्षाकर्मी विरुद्ध नाराबाजी गरेका थिए भने आयोजकले माफी माग्दै क्यामेराको क्षतिपूर्ति दिने बताएका थिए । यसैबीच, नेपाल पत्रकार महासंघको काभ्रे र भक्तपुर शाखाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेका छन् । यसअघि पूर्ववराजाले लटमेश्वर मन्दिर निर्माणबारे जानकारी लिनुका साथै महायज्ञमा आधा घण्टा सम्म पूजाआज गर्नुभएको थियो । पूर्व राजासंग भेट गर्न जानेहरुको निकै ठूलो भीड लागेको थियो भने उनीहरुले पूर्व राजाको जयजयकार समेत गरेका थिए ।