| राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरुलाई सहमतिमा पुग्न र मुलुकलाई सरकार विहीन अवस्थाबाट मुक्त गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति डा. यादवलाई भेटन जानु भएका सभामुख सुवास नेम्बाङसंग राष्ट्रपतिले यस्तो आग्रह गर्नुभएको हो । दुई चरणको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसक्दा जनतामा निराशा छाउने र जनताको आस्था पनि कमजोर बन्दै जानेप्रति राष्ट्रपति चिन्तित रहेको पनि सभामुखले बताउनु भयो ।सभामुखले साउन १७ गते प्रधानमन्त्रीको चयन हुन नसके पनि अहिलेकै संवैधानिक प्रक्रिया अनुसार अगाडि बढने र परिणाम नआएसम्म यसैले निरन्तरता पाउने स्पष्ट पार्नुभयो ।नेकपा एमालेको संस्थापन पक्षले सहमतिय प्रणालीका लागि नियमावली संशोधन गर्नुपर्ने बताईरहेको बेला सभामुखले अहिलेकै संवैधानिक व्यवस्था र जारी प्रक्रिया अनुसार निर्णय पुग्नु पर्ने बताउनु भएको हो ।
|