Sep 08, 2010 12:55:20
भारत श्रीलंका क्रिकेट
» Nep » Eng
July 20, 2010

भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट वर्षाले प्रभावित भएको छ । श्रीलंकामा हिजोदेखि सुरु भएको खेलमा आज दोस्रो दिन वर्षाले अवरुद्ध हुँदा एक बलको खेल पनि भएन । यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले पहिलो दिनको समाप्तिसम्म २ विकेट गुमाएर २ सय ५६ रन बनाएको छ । कप्तान कुमार सांगाकारा १ सय ३ रन बनाएर आउट भएका छन् भने थरङ्गा पारानाभिताना १ सय १० रनमा अविजित छन् । भारतले १७ बर्षेखि श्रीलंकालाई उसको भूमिमा हराउन सकेको छैन । श्रीलंका भ्रमणमा भारतले तीन खेलको टेष्ट श्रृंखलाका साथै त्रिकोणात्मक एक दिवसीय खेल्नेछ ।