| भारतको पश्चिम बंगालमा दुई वटा रेल आपसमा ठोकिदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय वीस भन्दा बढी घाइते भएका छन । अस्पतालमा भर्ना गरिएका घाइते मध्ये ९० जनाको स्थिति गम्भीर रहेको बताइएको छ । पश्चिम बंगालको र्साईथिया स्टेशनमा रोकी राखिएको भागलपुर- राँची- बनांचल एक्सप्रेसलाई उत्तरगंगा एक्सप्रेसले राति २ बजे ठक्कर दिएको थियो । दुर्घटनाबाट रेलका तीन वटा डिब्बा पूर्ण रुपमा क्षत्रिग्रस्त भएका छन् । घटनास्थल कोलकाताको हावडादेखि झण्डै २ सय किलोमीटर टाढा रहेकोले उद्धारकर्ताहरु राति ३ बजे मात्र घटनास्थल पुगेका थिए । उद्धार कार्य अझै जारी रहेको अधिकारीहरुले जनाएका छन । रेल अधिकारीहरुको लापरवाहीका कारण दुर्घटना भएको आशंका गरिएको छ । यद्यपी रेल वे अधिकारीहरुले कसैले जानाजान रेलको इञ्जिन विगारेको हुन सक्ने तर्क गरेका छन् । घटनास्थल पुग्नु भएकी रेलमन्त्री ममता बेनर्जीले मृतकका परिवारलाई पाँच पाँच लाख भारतीय रुपैयाँ दिने र पीडित परिवारका एक जनालाई रोजगारी दिने घोषणा गर्नु भएको छ ।
|